रेडियो सराङकाेटले संचालन गर्याे रगत संकलन अभियान

0
304

 

पाेखरा।काेभिड महामारीकाे समयमा हुन सक्ने रगतको अभावलाई दृष्टिगत गर्दै रेडियो सराङकाेटले रगत संकलन अभियान संचालन गरेको छ।अभियान जेठ महिनाभरी संचालन गरिने रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले पाेखरा पाेष्टलाई जानकारी दिए।

अभियान अन्तर्गत अाईतवार सुविधा बचत तथा ऋण सहकारी संस्थाकाे संयाेजनमा भएको रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको निर्देशक थापाले वताए ।

२०५७ सालमा स्थापना भएको सहकारीले बचत तथा ऋण काराेवारका साथै सामाजिक कार्यमा समेत सकृय रहेको संस्थाका प्रवन्धक सुशील कुमार विजुक्छेले जानकारी दिए।

रक्त संचार केन्द्र पाेखराका प्रमुख अर्जुन ज्ञवालीले महामारीको समयमा रगतको अभाव हुन नदिन रेडियोले संचालन गरेको अभियानकाे प्रशंसाा गरे। उनले सुरक्षाका मापदण्ड पालना गरि कार्यक्रम गरिएको बताए ।

सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष गणेश बहादुर अधिकारी ,सृजना विकास केन्द्रका सचिव विश्व श्रेष्ठ , रेडियो सराङ्कोटका निर्देशक चिन्तामणि बास्तोला , राममणि पौडेल , संस्थाका सचिव राजु पौडेल सहायक प्रवन्धक राजिव खिचाजु लगायतले आ -आफ्ना धारण राखेका थिए।