पाेखराकाे गण्डकी अस्पतालमा अब काेराेनाका विरामीकाे मात्रै उपचार हुने, आजदेखी ओपिडि सेवा बन्द

0
555
u08sL k|b]zsf] sf]/f]gf ljz]if c:ktfn 3f]lift kf]v/fsf] klZrdf~rn If]qLo c:ktfn . tl:a/ M bLks kl/of/÷sflGtk'/

पोखरा।  पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल) को ओपिडि(बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड१९ का बिरामीहरुको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोही बमोजिम जेठ ११ गतेदेखी लागू हुने गरी अस्पतालका सबै ओपिडि सेवाहरु बन्द गरिएको जनाएको
सङ्घीय सरकार मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारले पनि केही दिन अघि सिफारिस गरेको थियो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ गते अस्पताललाई पूर्ण रुपमा कोभिड१९ का सङ्क्रमितहरुको उपचार व्यवस्था गर्न भनेकाले अस्पतालमा सञ्चालनमा रहेको कोभिड१९ ओपिडि बाहेकका अन्य ओपिडि सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिनुभयो

अस्पताल प्रशासनले यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गरेको पश्चिमाञ्चल अस्पतालमा कोरोनाका बिरामीहरुको उपचारका लागि ४२ आइशोलेशन बेड,१७ आइसियू बेड,सात वटा भेन्टिलेटर १६ वटा एचडीयू बेड रहेकामा अधिकाँस प्रयोगमा आएका छन्

सो अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ