नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार सूर्यचन्द्र बस्नेतलाई

0
400

पाेखरा। प्रेस युयियन तनहुँले स्थापना गरेको नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने भएको  छ ।

पुरस्कार छनोटको लागि आज बसेको भर्चुअल बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । स्वर्गिय शिक्षक खनालको स्मृतिमा उहाँको छोरा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले युनियनमा जम्मा गर्नु भएको रकमको व्याजबाट पुरस्कार प्रदान गरिने प्रेस युयियन तनहुँले जनाएको छ। ।

५ हजार ५ सय ५५ रुपैयाँ नगद सहितको पुरस्कार प्रेस युनियन स्थापना दिवस जेठ १३ गते प्रदान गरिने भएपनि कोभिड –१९ को सङ्क्रमणको विषम परिस्थितीले गर्दा पछि सजह वातावरण भएपछि प्रदान गरिने प्रेस युयियन तनहुँका अध्यक्ष अमरराज नहर्की ले जानकारी दिए ।
। वरिष्ठ पत्रकार बस्नेत राष्ट्रिय समाचार समितिको कार्यकारी सम्पादक हुनुहुन्छ । प्रेस युनियन तनहुँको पूर्व अध्यक्ष समेत रहनु भएका बस्नेतले तनहुँबाट नै पत्रकारिता सुरु गर्नु भएको हो । प्रेस युनियन तनहुँले पहिलो पटक पुरस्कार वितरण कार्यको थालनी गरेको हो ।