पाेखरा। व्यावसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष तथा सप्तकोशी एफएम, इटहरीका प्रवन्धक चन्द्र न्यौपानेको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहनुभएका न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।
