प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझाले गरे पत्रकार महासंघको राहतकोषमा सहयोग

0
294

पोखरा। नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वरी ओझाले नेपाल पत्रकार महासंघ काभ्रेको आपतकालिन राहातकोषमा सहयोग गरेका छन्। उनले युनियनको स्थापना दिवसको अबसर पारेर ७ हजार ७ सय ७७ रुपैँयाँ सहयोग गरेका हुन ।

कोरोना संक्रमित श्रमजिवि पत्रकारको लागि सहयोग गर्न पाउदा आफुलाइ खुषी लागेको उपाध्यक्ष ओझाले बताए।

कोरोना संक्रमित पत्रकारलाई सहयोग गर्ने उदेश्यले राहतकोष स्थापना गरिएको पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमिल्सिनाले पोखरा पोष्टलाई जानकारी दिए । राहतकोषमा १० लाख रुपैँयाँ जम्मा गर्ने योजना रहेकोमा हालसम्म ७ लाख रुपैँयाँ संकलन भएको उनले बताए ।