पाेखरा। सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।
