पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । लामो समय देखि मुटुरोगका विरामी रहेका गुरुङको राति १ बजे निधन भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी गराए ।
उनी केही समय अघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए । मुटुमा थप समस्या भएपछि सोमबार फिस्टेल हस्पिटल गैह्रापाटनमा भर्ना भएका गुरुङको उपचारकै क्रममा निधन भएको श्रेष्ठले बताए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका गुरुङकी श्रीमती मीना गुरुङको पनि वैशाख ३० गते कोरोना संक्रमणका कारण निधन भएको थियो । पोखरा नयाँगाउँ निवासी मेनकाजीका दुई सन्तान एक छोरा र एक छोरी रहेका छन् ।