पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का वडा सचिव लोकदर्शन कोइरालाले वन्दा वन्दीको समयमा एक महिनाको घर भाडा छुट दिने घोषणा गरेका छन् । उनले घर भाडा वापत आउने ५४ हजार ५ सय रुपैयाँ छुट गरेको जानकारी दिएका हुन् ।
लकडाउनमा घर भाडामा वस्नेको आम्दानी गुमेको छ, के खाम, के लाम भन्ने अवस्था आइसकेको छ यो अवस्थामा एक महिनाको भाडा मिनाह गर्दा प्रभवितहरुलाई केही राहत पुग्छ कि भन्ने उद्धेश्यले घर भाडा छुट गरेको उनले वताए ।
पोखरा प्रस्र्याङ निवासी कोइरालाले आफ्नो थोरै सहयोगले उनीहरुलाई ठूलो राहतको महसुस हुन्छ भने त्यो कार्य किन नगर्ने भनेर यो निर्णय लिएको वताए । गत वर्ष प्रस्र्याङ निवासी सुरेशचन्द्र कोइराला र दीनेश कँडेलले एक महिनाको घर भाडा छुट गरेर यो अभियानको सुरुवात गरेका थिए ।
गत वर्ष लकडाउन भएको २४ घण्टा नवित्दै राहत वितरण गर्ने र राहत थाप्नेहरुको घु्इचो लागेको थियो । तर यो वर्ष यति लामो वन्दावन्दी हुँदा समेत राहत वितरण गर्नेहरु गुमनाम छन् । यो अभियानले घरभाडामा बस्नेहरुलाई राहत स्वरुप घरभाडा मिनाहा अभियान चलाएको उनले बताए । आम घरबेटीजरुलाई मानवियता देखाउन समेत उनले आग्रह गरेका छन ।