पाेखरा। नारी निकुन्जकी संयोजक संन्ध्या शाहले एनआरएनको न्यु साउथवेल्स राज्यको संयोजक (उपाध्यक्ष) पदमा उमेदबारी दिने घोषणा सार्वजनिक गरेकी छिन ।
नारि निकुन्जको सदस्यहुँंदै एनएसडब्लु संयोजक र हाल नारी निकुन्जकै संयोजक बनेकी शाहले यस पटक आफुले तिन कार्यकाल गरेको काम र अनुभवका आधारमा उपाध्यक्ष पद दावी गरेको बताइन ।
नारी निकुन्ज एनआरएन अस्ट्रेलियाको भगिनी संस्थाका रुपमा रहेको छ । आफनो कार्यकालमा नेपालमा थुप्रै परोपकारी कार्य गर्दै आएको नारी निकुन्जले नेपालका दुर्गम जिल्लाका स्कुलहरुमा नानीहरुलाई निशुल्क प्याड बितरण ,अछाममा पाठेघर खस्ने समस्यावाट पीडित महिला दिदि बहिनीहरुलाई आवश्यक उपचार सहयोग लगायतको काम अगाडि बढिरहेको शाहले बताइन ।
नेपालजन्जकी स्थायी बासिन्दा शाह प्रवासमा बसेर पनि मुलुक अनि माटोको लागि केहि गर्न सकिन्छ की भन्ने ध्येयका साथ एनआरएन अभियानमा सामेल भएको बताउछिन ।
एनआरएन अस्ट्रेलियाको निर्वाचन यही आउदो जुलाइ ३१ तारिख तोकिएको छ ।