पोखरा -३ मा कौशी खेती तथा विरुवा वितरण कार्यक्रम

0
393

पोखरा । पोखरा महानगरपालिका वडा कार्यलय वडा नम्वर ३ ले आयोजना गरेको दुई दिने कौशी खेती तथा विरुवा वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्वर ३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुले पोखरालाई हरियाली शहर वनाउन कौसी खेतीले महत्वपुर्ण भुमिका खेल्ने बताए ।वन्दावन्दीको समयलाई छतमा कौसी खेती गरेर सदुपयोग गर्न समेत उनले वडावासीलाई अनुरोध गरे। कृषि तथा वीउविजन वितरणका लागि वडा सधैं तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै वडा सदस्य एवं कार्यक्रम संयोजक लक्ष्मी पराजुलीले अझै पनि पोखरामा तरकारी बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको जानकारी दिदै पोखराका अधिकांश घरको कौसीमा तरकारी फलाउन सके वाहिरवाट तरकारी आयात गर्नु पर्ने बाध्यता हटाउन सकिने बताईन् । उनले कार्यक्रमका सहभागीलाई सय वटा कागतीका बिरुवा समेत वितरण गरिन् ।

राम्रो कागती फलाउने व्यक्तिलाई पुरस्कारको समेत व्यबस्था गरिएको वडा सचिब चन्द्रवती वाग्लेले जानकारी दिइन् ।

कार्यक्रमलाई कृषि बिज्ञ गण कुमार श्रेष्ठले सहजिकरण गरेका थिए ।
कौसीमा खेती गर्ने तरीका,माटो,पानी र मलको मात्राका विषयमा सहभागीले जिज्ञासा राखेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमका सहभागी महिला मिलन समुहका अध्यक्ष लक्ष्मी अधिकारीले पहिलो पटक कौसी खेती तालिममा सहभागी हुन पाएकोमा खुषी ब्यक्त गरिन् । उनले सिकेको सिपलाई व्यवाहारमा उतार्ने वताइन् ।
सरकारले पनि आर्थिक बर्ष २०७७ ÷०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रर्वदनलाई समेत समेटेको छ ।