कास्कीको मादीमा बाढीले एम्बुलेन्स पुर्दा विरामीकाे मृत्यु ,चालक घाईते

0
258

कास्की ।कास्कीको मादीमा खहरे खाेलामा एक्कासी अाएकाे वाढीले   ग १ झ ४४८ नम्बरको पसगाँउ स्वास्थ चाैकीकाे  एम्बुलेन्स पुरिंदा विरामीकाे मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

एम्बुलेन्स पुरिंदा विरामी ८१ बर्षीया गाेमा अधिकारीकाे मृत्यु भएको सिक्लेसका देवीजंग गुरुङले जानकारी दिएका छन्।

एम्बुलेन्स चालक सुवास अधिकारीकाे पाेखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकाे   मादी -९ का वडाअध्यक्ष तोरण बहादुर गुरुङले  जानकारी दिए ।

खहरे खोलामा बाटो बिग्रेकाले बाटो सफाइ मर्मत गर्दै अघि बढ्ने क्रममा एक्कासि माथी बाट बाढि पहिरो आइ एम्बुलेन्सको आधा भाग पुरिएको हो । चालक एम्बुलेन्स बाट निस्किएर भाग्ने क्रममा बाढि पहिरोले झन्डै १ सय मिटर तलसम्म बगाएको वताईएकाे छ।

 

गुरुङका अनुसार  आज विहान करिव ९ बजे तिर मादी गाउँपालिका वडा नम्बर १ मुग्रीबेशीवाट विरामी लिएर थुम्सीकाेट अाउनेक्रममा खहरे खाेलामा एक्कासी बाढी अाएर एम्बुलेन्स पुरेको हाे   ।

जेसिवीकाे सहायताले बाढीवाट एम्बुलेन्स निकालिएको र पाेखरा ल्याउने तयारी भईरहेकाे वताईएकाे छ।