कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको निधन

0
296

 

पोखरा ।  कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन ।

उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।६५ बर्षिया कुंवरको श्रीमती, एक छोरा  र  दुई  छोरी रहेका छन ।