कैलालीको टिकापुरमा ३ वर्षीय नाबालक वेपत्ता

0
207

 

कैलाली ।कैलालीको टिकापुरमा तीन वर्षीय एक नावालक साेमवारदेखि वेपत्ता भएका छन्।

टिकापुर नगरपालिका -१ का दिलिप विष्टका तीन वर्षीय छाेरा विवेक विष्ट वेपत्ता भएका हुन्।

उनका आफन्त बमबहादुर विष्टका अनुसार दिदीसँगै जामुन खाएर फर्किएका उनी नजिकै रहेको आफन्तको घर जान्छु भन्दै गएका थिए । छोरा लिन आफन्तको घर जाँदा त्यहाँ विवेक नभेटिएपछि आफन्तले खोजी तीब्र पारेका छन्।

इलाका प्रहरी कार्यालय टीकापुरमा बालकको खोजीका लागि आग्रह गरिएको भए पनि ढिलो गरी प्रहरी परिचालन भएको आफन्तले आरोप लगाएका छन् ।

 

मंगलबार विहान देखि दुईवटा कुकुरको प्रयाेग गरेर जिल्ला प्रहरी कार्यलय कैलालीका एसपी विश्व अधिकारीकाे टाेलीले अनुसन्धान सुरु गरेको छ।

ईलाका प्रहरी कार्यलय टिकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले नावालककाे अवस्थावारे अहिलेसम्म केही पत्ता नलागेको वताए ।