सरिता तिम्सिना पगेनी
पाेखरा।पाेखरा लेखनाथ स्थित गण्डकी प्रदेश सरकारले स्थापना गरेको संक्रामक तथा सरुवा राेग अस्पताललाई पुरी फाउन्डेसन वेल्जियमले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।
कार्यक्रममा बाेल्दै पुरी फाउन्डेसन वेल्जियमका प्रमुख कार्यकारी अधिकृत वेदराज पुरीले पुरी फाउन्डेसन वेल्जियम तथा एन.अार.एन वेल्जियमकाे सहयाेगमा एक कराेड ५० लाख रुपैयाँ मुल्य वरावरकाे अक्सिजन प्लान्ट खरिद गरि अस्पताललाई हस्तान्तरण गरिएकाे जानकारी दिए ।
उनले अक्सिजन प्लान्टले प्रति २४ घण्टामा १ लाख ४४ हजार लिटर अक्सिजन उत्पादन गर्ने साथै उक्त अक्सिजनले दैनिक २० देखि ३० जना विरामीलाई सेवा दिन सकिने बताए ।
अक्सिजनकाे अभावमा कसैले पनि ज्यान गुमाउन नपराेस् भन्ने उदेश्यले अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग जुटाएको उनको भनाइ थियाे।
अस्पतालका निर्देशक डाक्टर विकास गाैचनले फाउन्डेसनकाे सहयाेगमा स्थापना भएको अक्सिजन प्लान्टले विरामीकाे उपचारमा महत्त्वपूर्ण सहयोग पुग्ने वताए । सरकारी अस्पतालकाे अवस्था राम्रो भएमा मात्रै अाम जनताले राम्रो सेवा पाउन सक्ने उनको भनाइ थियाे।
´गण्डकी प्रदेशमा काेराेना महामारी सुरु भएपछि सबैभन्दा धेरै विरामी हाम्राे अस्पतालले हेरेको छ ,डाक्टर गाैचनले भने ,अस्पतालमा सेवा लिन विरगंज,वुटवलबाट समेत विरामी अाउने गरेका छन्।`
कार्यक्रममा बाेल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले अक्सिजन प्लान्टकाे सहि सदुपयोग गर्दै विरामीलाई सहजरूपमा उपचार गराउन अस्पताल प्रशासनलाई अनुरोध गरिन्
अक्सिजन प्लान्ट पाेखराकाे अस्पतालमा स्थापनाका लागि बेल्जियमबाट कुल प्रसाद वस्ताकाेटिका साथै नेपालबाट पुर्व मन्त्री एवं काग्रेसका नेता यज्ञ बहादुर थापा, जीवन सुरक्षा तथा सामाजिक विकास नेपाल गण्डकी प्रदेशका अध्यक्ष अम्विका ढकाल ,पाेखरा २४ का वडा अध्यक्ष अाेम प्रसाद सुवेदी ,नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, लगायतले विशेष पहल गरेको फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत पुरीले पाेखरा पाेष्टलाई जानकारी दिए।
कार्गो विमान मार्फत प्लान्ट नेपाल ल्याईएकाे जानकारी दिदै पुरीले यस अभियानमा साथ दिने नेपाल सरकार,गण्डकी प्रदेश सरकार र पाेखरा महानगरलाई समेत धन्यवाद दिए।
अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल विकास समितिका सदस्य डाक्टर धुर्व वहादुर अधिकारी ,मेजर राम प्रसाद गुरुङ ,सुर्य कुमारी वन्जारा ,जीवन सुरक्षा तथा सामाजिक विकास नेपाल गण्डकी प्रदेशका अध्यक्ष अम्विका ढकाल लगायतले बाेलेका थिए।
काेराेना महामारीको वेला साविककाे लेखनाथ सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारकाे मातहतमा ल्याई संक्रमक तथा सरुवा राेग अस्पतालका रुपमा विकास गरिएको थियाे।हाल अस्पतालमा ५७ शैया रहेका छन्।
अक्सिजन प्लान्ट स्थापना पछि गण्डकी प्रदेशकै एकमात्र संक्रामक तथा सरुवा राेग अस्पतालमामा अक्सिजनकाे सहजरूपमा अापुर्ति हुने अपेक्षा गरिएको छ।