पाेखरा महानगर प्रमुख मानवहादुर जिसीलाई हृदयघात,थप उपचारका लागि काठमाडौ लैजाने तयारी

0
425

 

पोखरा।  पोखरा  महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ।उनलाई थप उपचारका लागि काठमाडौ लैजाने तयारी गरिएको उनका प्रेस सल्लाहकार माधव वरालले जानकारी दिए।

शुक्रबार विहान ४ वजे हृदयघात भएपछि मेडिपल्स अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि पाेखराकै मणिपाल अस्पताल लगिएको थियोे ।

महानगर प्रमुख जिसीकाे बायाँ अंग नचलेको र एउटा नशामा समस्या देखिएको चिकित्सकलाई उद्धृत गर्दै प्रेस सल्लाहकार  वरालले जानकारी दिएका छन्।

 

बराल भन्छन्, ‘चिकित्सकका अनुसार मेयर सावको अवस्था जटिल देखिँदैन । उहाँ हामीहरुसँग बोल्न पनि बोलिरहनु भएको छ।’

मेयर जिसीलाई अहिले हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिने तयारी छ ।

जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट    पाेखरा महानगर प्रमुख मा निर्वाचित भएका हुन् ।