पाेखरा।प्रधानमन्त्री शेरबहादुर देउवाले काेराेनाकाे तेस्रो लहरकाे पुर्व तयारीका लागि जुट्न निर्देशन दिएका छन्। आईतवार स्वास्थ मन्त्रालयका सचिव ,विज्ञ ,स्वास्थ्य सेवा विभागका महानिर्देशक ,खाेप महाशाखा प्रमुख लगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।
उनले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न निर्देशन दिएका हुन्।
साथै प्रधानमन्त्री देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।