पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) लाई उनले अध्ययन गरेको बिद्यालय शुक्रराज मावि तथा जन्मेको वडा पोखरा २२ वडा कार्यालयले बधाई ज्ञापन गरेको छ । पोखरा २२ को पुम्दी भुम्दीले धेरै बर्षको अन्तरालमा बराललाई मन्त्रीको रुपमा पाएसंगै आफुहरु हर्सित भई उहाँको कार्यकालको सफलताको कामना सहित बधाई ज्ञापन गरिएको पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले जनाए ।
पोखरा २२ का वडा अध्यक्ष बराल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता लगायतका विभिन्न संघ संस्थाका पदाधिकारीहरुले मन्त्री बराललाई खादा तथा माला लगाउर्दै गाउँको सडक निर्माण सहितको पर्यटन प्रबद्र्धन हुने गरी विकास गर्न माग गरेका छन्।
त्यसै गरी शुक्रराज माविका अध्यक्ष एवं पूर्व प्रमुख जिल्ला अधिकारी नरहरी बराल, प्रध्यानाध्यापक नरनाथ बराल, पुर्व अध्यक्ष, शिक्षक तथा बिद्यार्थीहरुले मन्त्री बराललाई कार्यकालको सफलताको कामना सहित आफु अध्ययन गरेको बिद्यालयको आधुनिक शिक्षाको विकास गर्न माग गरेका छन्।
अर्थ मन्त्री बरालले आफु जन्मेको र हुर्कीएको ठाँउमा गरिएको सम्मानले आफुलाई थप जिम्मेवार बनाएको बताए । पुम्दी भुम्दीको उन्नती प्रगती र गर्नै पर्ने योजनाहरुलाई आवश्यकताको आधारमा केही न केही गर्ने मन्त्री बरालले जनाए । आफु जन्मेको ठाँउमा बधाई ग्रहण गर्दै मन्त्री बरालले आफुलाई निर्वाचनमा विजयी गराउन सहयोग गर्ने कास्की निर्वाचन क्षेत्र नम्बर ३ (१) का स्थानियलाई समेत स्मरण गरेका थिए ।
पुम्दी भुम्दीको बृहत विकास गर्न एकिकृत भई सवै एक भयर लाग्नुपर्ने मन्त्री बरालको भनाई छ । पुम्दी भुम्दीका विभिन्न व्यक्तिहरु उच्च पदमा पुगे पनि अझै सोचे जति पोखरा २२ को विकास हुन नसेको स्थानियले गरेको गुनासोमा आफ्नो क्षेत्रबाट सकेको विकास गर्न प्रयास गर्ने मन्त्री बरालले बताए । मन्त्री बरालले भने “यस क्षेत्रका खुबि, क्षमता, दक्षता र प्रतिभाको पहिचान गरी जिम्मेवारीमा रहेकाहरुलाई केन्द्रित गरेर पुम्दी भुम्दीको एकिकृत विकास गर्न अब ढिला गर्न हुन्न । ” यस क्षेत्रको मौलिक बस्तुहरुको संरक्षण सहितको सौन्दर्यकरणको लागि समेत काम गर्नु पर्ने मन्त्री बरालले बताए ।
एमालेका प्रतिनिधि तथा पर्यटन व्यवसायी प्रकाश गुरुङले प्रदेश सरकारबाट हाल विनियोजन भएको बजेटमा कालाभाङ घडेरी तर्फको क्षेत्र उपेक्षित भएको गुनासो गरे । नेपाली कांगे्रस पोखरा २२ का वडा कमिटि सचिव होमप्रसाद बरालले पुम्दी भुम्दीका शाखा बाटोहरुको समेत स्तरोन्नतीमा ध्यान दिन मन्त्री समक्ष आग्रह गरे ।
माओबादी केन्द्र पोखरा २२ का वडा कमिटिका अध्यक्ष चण्डीका प्रसाद बरालले छोरेपाटन देखि शान्ति स्तुपाः, लुकुन्स्वारा, कालाभाङ, काभ्रे, उल्लेरी ढाँवा हुदै कुभिण्डेसम्मको सडक तथा छोरेपाटन देखि फुसैृखोला हुदै कुभिण्डेसम्मको बाटो निर्माणमा ध्यान दिन मन्त्री समक्ष आग्रह गरे । वडा अध्यक्ष मित्रलाल बरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव मोतीराज पोखरेल, वडा सदस्य मात्रिका प्रसाद बराल लगायतले वोलेका थिए ।
यसैबिच, मन्त्री बरालले सुक्रराज माविको समेत विहिबार नै बधाई ग्रहण गर्दै पुम्दी भुम्दीको माउ बिद्यालयको रुपमा रहेको शुक्रराजमा आधुनिक र प्रविधिक शिक्षालाई प्रबद्र्धन गर्न आवश्यक सहयोग गर्ने जनाए । उक्त बिद्यालका निवर्तमान बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष समेत रहेका मन्त्री बरालले बिद्यालयमा बिद्यार्थीहरुको सङख्या बढ्न नदिने गरी गुणस्तरिय शिक्षामा जोड दिन बिद्यालय प्रशासनलाई आग्रह गरे ।
पुर्व अध्यक्ष राजबहादुर गुरुङले बिद्यालयको दिगो विकासको लागि मन्त्री सहित सवैको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिए । बिद्यालयका प्रध्यानाध्यापक नरनाथ बरालले बिद्यालयमा गुणस्तर र आधुनिक शिक्षा संचालन गर्न आर्थिक अभाव भएको गुनासो गरे ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नरहरी बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । पुम्दी भुम्दी बासीको सवैलाई अनुकुल पर्ने शुक्रराज बिद्यालयको विकासको लागि सवैको चासो बिद्यालयमा हुनु पर्ने अध्यक्ष बरालले बताए ।