लाेक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिकाे सदस्यमा तिमिल्सिना र अधिकारी

0
347

 

 

पाेखरा।गण्डकी प्रदेश सरकार कानुन ,संचार तथा प्रदेश सभा मामिला मन्त्रालयकाे लाेक कल्याणकारी विज्ञापन सिफारिस तथा समन्वय समितिकाे सदस्यमा कास्कीका दुई जना पत्रकार मनाेनयन हुनुभएको छ।

मन्त्रालयका मन्त्री विन्दु कुमार थापाको मन्त्रीस्तरकाे निर्णयबाट पत्रकारद्वय सरीता तिमिल्सिना पंगेनी र टंकराज अधिकारी मनाेनयन हुनु भएको हाे।

साउन १९ गतेकाे मन्त्रीस्तरकाे निर्णयले उहाँहरुलाई सदस्यमा मनाेनयन गरिएको मन्त्रालयले जनाएको छ।

तिमिल्सिना नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य साथै पाेखरा पाेष्ट डटकमकी सम्पादक हुनुहुन्छ भने अधिकारी नेपाल प्रेस युनियनको गण्डकी संयाेजक हुनुका साथै नेपाल समाचारपत्रमा अावद्व हुनुहुन्छ ।