पाेखरा।न्युरोड महिला उत्थान मञ्चकाे १८ अाैं साधारणसभा तथा ५ अाैं अधिबेशन शनिबार पाेखरामा सम्पन्न भएको छ।
कार्यक्रमकाे उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले समाजमा रहेको विभेदकारी मुल्य मान्यतामा अाधारित पितृसत्तात्मक साेच हटाउन सबै एकजुट भएर लाग्नुपर्ने वताउनु भयाे।
नेपाली महिलाहरु अझै पनि असमानता ,पीडा,विभेद र विभिन्न प्रकारका हिंसा सहन वाध्य रहेको उल्लेख गर्दै उहाँले हिंसामुक्त समाज निर्माणका लागि हिंसाको मुल कारण पहिचान गरी समाधानका लागि विषेश पहल गर्न जरुरी रहेको वताउनु भयाे।
त्यसैगरी न्युरोड महिला उत्थान मञ्चका पुर्व अध्यक्ष टिकामाया चालिसेले महिला उत्थानका लागि संस्था सधैं प्रतिवद्द रहेको वताउनु भयाे।
कार्यक्रममा सचिवकाे प्रतिवेदन प्रस्तुत गर्दै मञ्चका सचिव चन्द्रावति वाग्लेले संस्थाले विभिन्न सामाजिक कार्यका साथै धार्मिक कार्यमा समेत याेगदान दिदै अाएकाे वताउनु भयाे।उहाँले काेराेनाका कारणले संस्थाले गर्दै अाएका विभिन्न कार्यक्रम प्रभावित भएको जानकारी गराउनु भयाे।
संस्थाकाेअार्थिक प्रतिवेदन काेषाध्यक्ष वीना जीसीले प्रस्तुत गर्नु भएको थियाे।
संस्थाका अध्यक्ष अम्बिका भण्डारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य इन्दु केसी,सावित्री तिमिल्सिना लगायतले वाेल्नु भएको थियाे। कार्यक्रमकाे संचालन सचिव चन्द्रावती वाग्लेले गर्नु भएको थियाे।
२०६३ सालमा स्थापना भएको संस्थामा हाल ४५ जना सदस्य रहेका छन्।संस्थाले सदस्यहरुवाट नियमित वचत संकलन समेत गर्ने गरेकाे छ।