संगम सहकारीकाे उद्घाेषण कला तथा नेतृत्व विकास तालिम सम्पन्न

0
410

 

पाेखरा।  पाेखराको संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा, तालिम तथा सुचना  उपसमितिले अायाेजना गरेको उद्घाेषण कला तथा नेतृत्व विकास तालिम शनिबार पाेखरामा सम्पन्न भएको छ।

समापन समारोहमा वाेल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सहकारीले महिलाको अार्थिक शसक्तिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको वताउनु भयाे। मुलुककाे राजनीतिक ,सामाजिक ,अार्थिक लगायतका क्षेत्रमा महिलाको उपस्थिति कम रहेको उल्लेख गर्दै उहाँले नेतृत्व विकास तालिमले महिलालाई नेतृत्व तहमा पुर्याउन सहयाेगी भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयाे।

पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा अार्थिक समृद्धिका लागि ठुलाे टेवा पुर्याएकाे उहाँको भनाइ थियाे।तालिममा सिकेको सिपलाई व्यवाहारमा उतार्न उहाँले सहभागीहरुलाई अाग्रह समेत गर्नुभयो ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक स्कुलको खाजा अभियानमा सहयोग, राष्ट्रिय आविष्कार केन्द्रको पिपिइ उत्पादन कार्यमा सहयोग, बृद्दाश्रममा सहयोग लगायत विभिन्न कार्यहरु गर्दै आइरहेको सहकारीले सदस्यहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने उदेश्यका साथ सेनिटरी प्याड बनाउने, चुरापोते बनाउने, फेब्रीकको माला बनाउने जस्ता सिपमुलक तालिम पनि दिदै आएको सहकारीका कार्यवाहक अध्यक्ष नवराज    तिवारीको  भनाइ थियाे।

 

त्यसैगरी कार्यक्रममा बाेल्दै सहकारीका शिक्षा ,तालिम तथा सुचना उपसमितिका संयाेजक तीलक थापाले महिला लक्षित कार्यक्रम अन्तर्गत तालिम अायाेजना गरिएको जानकारी दिनुभयो ।काेभिड महामारीको समयमा जनस्वास्थ्यका मापदण्डअनुसार तालिम संचालन गरिएको उहाँको भनाइ थियाे।

कार्यक्रममा ऋण उपसमिति संयाेजक भरत बहादुर थापा,संचालक समितिका सदस्य विष्णु कुमारी थापा,कार्यक्रम संयाेजक तुल बहादुर गुरुङ ,उपसमिति सदस्य सरस्वती अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियाे।

कार्यक्रममा प्रशिक्षार्थीहरुकाे तर्फबाट शर्मिला कुवँर,लक्ष्मी गुरुङ ,दुर्गा देवी कुवँर र विनु देवकोटाले अनुभव मन्तव्य राख्नु भएको थियाे।

 

सहकारीका महिला शेयर सदस्यका लागि ५ दिन सम्म संचालित तालिमलाई शिक्षा तालिम तथा सुचना उपसमितिका संयाेजक मानवअधिकारकर्मी तीलक थापाले सहजिकरण गर्नु भएको थियाे।

 

सुगम सहकारी सँगको मर्ज पछि पालिखे चोक, महेन्द्रपुल बाट समेत सेवा दिदै आएको यस संस्थाको प्रधान कार्यालय राम बजार , पोखरा १५ मा रहेको छ । कुल ६१ करोडको वासलात रहेको सहकारीको कर्जा लगानी ४५ करोड छ भने सहकारीले गत आर्थिक वर्षमा जग्गा समेत खरिद गरेको छ ।

सहकारीका कार्यवाहक अध्यक्ष नवराज तिवारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन प्रशिक्षार्थी एलिजा पराजुलीले गर्नुभएको थियाे।