रेडियो अन्नपूर्णको बृहत रक्तदानको तयारी पूरा

0
386

पोखरा । रेडियो अन्नपूर्णले बार्षिक रुपमा आयोजना गर्दै आइरहेको बृहत रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
चैत १९ गते शनिबार आयोजना हुने २० औं रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन बिभिन्न सघं संस्थाहरुले समेत साथ दिएका छन् । रक्तदान कार्यक्रम गैह«ापाटनस्थित रेडियोको प्राङ्गणमा बिहान ७ बजेदेखि हुने छ ।
रक्तदान कार्यक्रममा पोखरा इन्टरनेट प्रा.लि., नेपाल बैंक लिमिटेड, नविल बैंक लिमिटेड र बृज सिमेन्टले सहकार्य गरेका छन् । पोखरा फुड्स सेन्टर काठमाडौंका सञ्चालक अमर बनियाँ, आर.एल.पि.अण्डा सप्लायर्सका सञ्चालक राजु पौडेल, सिजी फुड्स नेपाल प्रालि, नेलम्बो नेपाल, डाबर नेपाल (रियल जुस), पेनगुइन मिनिरल वाटर र तालबाराही फार्मेसी प्रायोजकको रुपमा रहेका छन् ।
लायन्स क्लब अफ पोखरा सेन्टिनियल, लायन्स क्लब अफ पोखरा गण्डकी दोभान, लायन्स क्लब अफ पोखरा सेती गंगा, पोखरा लेडीज जेसिस, प्राइम सहकारी संस्था लिमिटेड र परिचय एडभटाइजिङ विशेष सहयोगीका रुपमा रहेको कार्यक्रम संयाेजक सरिता तिम्सिना पगेनीले जानकारी दिईन।


यसैबीच, रेडियो शनिबार आयोजना गर्न लागेको २० औं रक्तदान कार्यक्रमका बारेमा बिहीबार सरोकारवालाहरुसँग छलफल गरेको छ ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडकी प्रादेशिक प्रमुख प्रतिमा श्रेष्ठ, नबिल बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख सूर्य रोका, सिजी फुड्सका मार्केटिङ अफिसर सुमन पोखरेल, नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भिमप्रसाद भण्डारी, पोखरा लेडि जेसिजकी विनिता सापकोटा, लायन्स क्लब अफ गण्डकी दोभानकी शोभाक्ष्मीसिंह भण्डारी, पोखरा इन्टरनेटका बरदान ताङ्वे लगायतले रक्तदान कार्यक्रममा आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।