पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर ३ मा महिला पुरुष समसचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाशमान उदासले पुरुषबिरुद्ध हुदै आएका लैङ्गिक हिंसाभन्दा महिला बिरुद्ध हुदै आएका लैङ्गिक हिंसाहरु बढी खतरनाक र गम्भिर प्रकृतिका रहेको बताउनुभयो ।
परम्परागत सामाजिक मुल्य मान्यताका आधारमा महिलामाथि विभिन्न प्रकारका सामाजिक साँस्कृतिक हिंसा हुदै आएकाे जनाउँदै उहाँले सवै प्रकारका हिंसा न्युनिकरणका लागि महिला पुरुष सबैकाे ऐक्यबद्धता आबश्यक रहेको बताउनु भयाे।
पाेखरा -३ का वडा सदस्य शान्तिदेवी पराजुलीले लैङ्गिक हिंसा न्युनिकरणका लागि महिला र पुरुष दुवै सचेत हुनुपर्नेमा जाेड दिनुभयो ।
पाेखरा ३ का सदस्य सावी परियारले समाजले महिलालाई हेर्ने दृष्टिकोण अझैसम्म पनि नफेरिएकाेले महिलाहरु विभिन्न प्रकारका हिंसावाट पीडित हुनु परेको बताउनुभयाे।
लैङ्गिकता र लैङ्गिकतामा आधारित हिंसाका साथै महिला र बालबालिका माथि हुने हिंसा विरुद्ध कानुनी व्यवस्थाका विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीले सहजीकरण गर्नु भएको थियाे।
पाेखरा महानगरपालिका सामाजिक विकास महाशाखाकाे सहयोगमा भएको कार्यक्रमकाे संचालन पाेखरा -३ का वडा सचिव चन्द्रावति वाग्लेले गर्नु भएको थियाे ।