पोखरा । पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ ।
पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो ।
पाल्पा र कास्कीमा उत्पादित माैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले पाल्पा हाउस संचालन गर्न लागिएको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बुधबार पाेखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पाल्पाली चिनारीहरु ढाका,करुवा लगायत फलफुल तथा कृषिजन्य उत्पादनहरु पाल्पाकै सुपथ मुल्यमा उपलब्ध गराईने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयाे।
‘पाल्पा हाउस’को शुक्रबार विहान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाल्पाको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्ने तय भएको पाल्पाली समाजका सदस्य गीता पौडेलले जानकारी दिनुभयो ।
करिब २ कराेड लगानी रहेको पाल्पा हाउसमा १७ वटा सटरमा विभिन्न प्रकृतिका पसलहरु संचालित छन्।