पाेखरा।पाेखरा महानगरपालिका वडा नम्बर १८ मा वडा बालमञ्च पुनर्गठन गरिएको छ । आइतबार पाेखरा -१८ मा भएको बालबालिकाकाे भेलाले अन्जली शर्माकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे ।
समितिकाे उपाध्यक्षमा साैरभ थापा,सचिवमा एन्जिला तामाङ ,सहसचिवमा विविशा तिमिल्सिना र काेषाध्यक्षमा अपेक्षा तिमिल्सिना रहनुभएकाे छ।त्यसैगरी सदस्यहरुमा मेगिन थापामगर ,रुपेश पहारी,प्रितम पहारी ,राम बहादुर थापामगर ,सजिना नेपाली र सुहाना थापा चयन हुनुभएको पाेखरा -१८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले पाेखरा पाेष्टलाई जानकारी दिनुभयो ।
कार्यक्रमकाे उद्घाटन गर्दै वडा अध्यक्ष तिमिल्सिनाले पाेखरा -१८लाई बालमैत्री वडा बनाउन आफू प्रतिवद्ध रहेको बताउनुभयाे।
पाेखरा -१८ का वडा सदस्य मीना नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षेत्रीले स्वागत तथा वडा सदस्य नमराज सुवेदीले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियाे।कार्यक्रमकाे संचालन कर्माचारि सीता साप्काेटा सुवेदीले गर्नुभएको थियाे।
कार्यक्रमलाई बाल अधिकारकर्मी केशव पाैडेलले सहजिकरण गर्नुभएको थियाे।