पाेखरा – ३ द्वारा शारीरिक सुगठन संघ कास्कीलाई  व्यायामका सामाग्री हस्तान्तरण

0
214

पाेखरा। पाेखरा महानगरपालिका वडा नम्बर ३ ले शारीरिक सुगठन संघ कास्कीलाई व्यायामका सामाग्रीहरु हस्तान्तरण गरेको छ।बिहिवार पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासले शारीरिक सुगठन संघ कास्कीलाई रु ८ लाख बराबरको व्यायामका सामाग्री हस्तान्तरण गर्नुभयो हाे।

कार्यक्रममा बाेल्दै वडा अध्यक्ष उदासले स्वास्थ्यका लागि खेलकुदकाे महत्त्वपूर्ण भुमिका रहने उल्लेख गर्दै शारीरिक व्यायामले मानिसलाई स्वस्थ्य रहन मद्दत गर्ने बताउनुभयाे।

पाेखरा -३ शैक्षिक ,सांस्कृतिकका साथै खेलकुदका हिसाबले समेत ऐतिहासिक वडा रहेको उल्लेख गर्दै उहाँले खेलकुदकाे क्षेत्रमा लगानी गर्ने सवालमा पाेखरा -३ सधैं अगाडि रहेने बताउनुभयो ।

पाेखरा -३ मा रहेको पाेखरा व्यायामशालाकाे भाैतिक संरचना जिर्ण रहेको प्रति चिन्ता व्यक्त गर्दै वडा अध्यक्ष उदासले तीनै तहका सरकारसंग समन्वय गरेर पाेखरा व्यायामशालालाई बहुउद्देश्यीय भवनकाे रुपमा विकास गरी अत्याधुनिक सुविधा सम्पन्न व्यायाम शालाकाे बनाउने याेजना रहेको समेत बताउनुभयो ।वडाकाे विकासका लागि सम्पुर्ण वडावासीकाे साथ र सहयोग आबश्यक रहने उल्लेख गर्दै  पाेखरा ३ – लाई हरेक हिसाबले नमुना वडाकाे रुपमा बिकास गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियाे।

त्यसैगरी ,कार्यक्रममा बाेल्दै पाेखरा -३ का वडा सदस्य सनकमान सिकेले व्यायामशाला लैंगिकमैत्री बनाउनुपर्ने बताउनुभयो । व्यायामका सामाग्रीहरुकाे सदुपयोग गर्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।

 

 

पाेखरा -३ का वडा सचिव चन्द्रावति वाग्लेले मानिस स्वस्थ्य हुनका लागि मानसिक र शारीरिक हिसाबले तन्दुरुस्त हुन आबश्यक रहेको उल्लेख गर्दे जनस्वास्थ्यकाे सवालमा वडा कार्यलयले सधैं सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा वाेल्दै राष्ट्रिय खेलाडी नारायण उदासले २०३४ सालदेखि नै महेन्द्रपुल स्पाेर्टस क्लव मार्फत खेलाडीहरु संगठित भई खेलकुदका क्षेत्रमा धेरै कामहरू गरिएको जानकारी गराउनुभयाे।पाेखरा व्यायाम शालाकाे प्रसंग जाेड्दै उहाँले व्यायामशालाले धेरै शारीरिक सुगठनका खेलाडीहरु उत्पादन गरेको उल्लेख गर्दै पाेखरा व्यायाम शालालाई संरक्षण र अत्याधुनिक रुपमा संचालन गर्ने सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जाेड दिनुभयो ।

८ लाख रुपैया वरावरकाे व्यायाम सामाग्री चाईनाबाट ल्याईएकाे उपभोक्ता समितिका अध्यक्ष उत्तममान उदासले जानकारी दिनुभयो ।

शारीरिक सुगठन संघ कास्कीका दित्तिय उपाध्यक्ष विक्रम उदासकाे अध्यक्षतामा भएको कार्यक्रममा शारीरिक सुगठन संघ कास्कीका संस्थापक अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी लगायतले खेलकुदकाे विकास मा तीनै तहका संघीय ,प्रदेश र स्थानीय सरकारकाे निरन्तर सहयोग आबश्यक रहेको बताउनुभयो ।

कार्यक्रमकाे संचालन शारीरिक सुगठन संघ कास्कीका महासचिव उमेश सिकेले गर्नुभएको थियाे।