पत्रकार श्रेष्ठलाई ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ प्रदान

0
85

पोखरा । पत्रकार दीपेन्द्र श्रेष्ठलाई यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ गण्डकीका सल्लाहकार , नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं एभरेस्टकर्मी  श्रेष्ठलाई प्रदान गरिएको हो ।

प्रतिनिधि सभा कास्की निर्बाचन क्षेत्र नम्बर १ सदस्य मनबहादुर गुरुङ, पुरस्कार दाता कर्मकुमारी गुरुड, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे लगायतले १० हजार रुपैयाँसहित फेटा, भाङ्ग्रा र सम्मानपत्रले सम्मान गरेका थिए ।

पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको थियो ।

तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म गुरुङले स्थापना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ ।

यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर ९एमबी आस्था०, हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।

फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रममा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई समेत बधाई ज्ञापन गरिएको थियो ।