पाेखरा।मानवमिलन नारी जागरण नेपाल द्वारा संचालित ईन्द्रा स्मृति मानवमिलन नारी पुरस्कार २०८० का लागि प्रतिभा छनाैट समिति गठन गरिएको छ।
मानवमिलन नारी जागरण नेपालका संस्थापक काेषाध्यक्ष स्व .ईन्द्रा क्षेत्रीकाे स्मृतिमा स्थापित याे पुरस्कारका लागि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिवक्ता सरिता तिम्सिना पगेनीकाे संयाेजकत्वमा ५ सदस्यीय छनाैट समिति गठन गरिएको हाे।
मानवमिलन नारी जागरण नेपालकाे बैठकवाट बनेको छनाैट समितिका सदस्यमा संस्थाका संस्थापक अध्यक्ष सावित्री शर्मा,संस्थाका अध्यक्ष रमा ढकाल ,सचिव गिता लामिछाने र स्व .ईन्द्रा क्षेत्रीकी सुपुत्री सुजाता क्षेत्री रहनुभएकाे छ।
समाजमा बिशेष याेगदान पुर्याउनुभएका महिलालाई प्रदान गरिने साे पुरस्कार आगामी पुस ११ गते अर्पण गरिने छ।