कन्या मावि भुपु बिद्यार्थी संघकाे ८ औं साधारणसभा तथा भेटघाट कार्यक्रम सम्पन्न

८ पुष २०८०, आईतवार
पाेखरा।कन्या माध्यमिक विद्यालय भुपु बिद्यार्थी संघको ८ औं साधारणसभा तथा भेटघाट कार्यक्रम शनिबार पाेखरामा सम्पन्न भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाशमान उदासले नारी शिक्षाको सवालमा कन्या माविको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कन्या मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी द्वाले कन्या मावि भुपु विद्यार्थी संघका गतिविधिले विद्यालयकाे गरिमा बढाउन महत्त्वपूर्ण भुमिका खेलेकोबताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले असल नागरिक उत्पादन गर्न विद्यालयकाे ठुलाे भुमिका रहने उल्लेख गर्दै भुपु विद्यार्थीसंघले विद्यालयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिनुभयो ।
कन्या माध्यमिक विद्यालय भुपु बिद्यार्थी संघका अध्यक्ष रजनी काेईरालाकाे अध्यक्षता एवम् सचिव बसुधा पराजुली भट्टराई सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत सदस्य निलम ताम्राकारले गर्नुभएको थियाे।
कार्यक्रममा कास्की पाेखरा हस्तकला संघका अध्यक्ष राम कलि खड्का ,कन्या क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्र श्रेष्ठ,कन्या माध्यमिक विद्यालय भुपु बिद्यार्थी संघका सल्लाहकार ज्याेति भट्टचन, मानवअधिकारका लागि महिला एकल महिला कास्कीका अध्यक्ष जुना केसी,    कन्या माविका पुर्व प्रधानाध्यापक चित्रा कुमारी गुरुङ ,कन्या माविका पुर्व शिक्षक प्रकाश घिमिरे , पुर्व शिक्षक रमेश भट्टराई ,  कन्या माध्यमिक विद्यालय भुपु बिद्यार्थी संघका पुर्व अध्यक्ष सुनिता उदास,  लगायतले बाेल्नुभएकाे थियाे।
साधारणसभाले सचिव बसुधा पराजुली भट्टराईले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र काेषाध्यक्ष दिव्यश्वरी भारी वाटाजुले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ। २०६२ सालमा स्थापना भएको संस्थामा २ सय ५८ जना सदस्य रहेका छन्।

Leave a Reply