पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययन गरेका विद्यार्थीहरुलाई “फेरि भेटौला “कार्यक्रम बुधबार सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्राचार्य फणिन्द्र प्रसाद अधिकारीले विद्यार्थी जीवनमा अनुशासनको परिपालना गर्दै निरन्तरको मेहनतबाट मात्रै सफलता प्राप्त हुने धारणा व्यक्त गरे। साथै एस .ई.ई मा सम्मिलित हुने विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरे।
त्यसै गरी विशेष अतिथि विद्यालयका सह प्राचार्य ज्ञानेश्वर सुवेदीले विद्यार्थीले सैद्धान्तिक रूपमा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने धारणा राखे।कार्यक्रममा कक्षा १० का विद्यार्थी सुदिप जैसीले आफ्नो विद्यालयीय अनुभव एवम् पठनपाठनमा निरन्तरको साधना गर्ने प्रण गरे।
कक्षा ९ का छात्र विशाल नेपालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुति राखेका थिए ।
कक्षा ९ की छात्रा सोफिया गुरुङले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको संचालन कक्षा ९ का विद्यार्थीद्वय सारा तामाङ र अविरल आचार्यले गरेका थिए ।