पोखरा । पोखरा महानगरपालिका-१५ तल्लो नयाँगाउँ,अन्नपुर्ण मार्गमा बनेको अस्थायी प्रहरी पोष्ट टुटुङ्गाको नवनिर्मित भवनको एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न भएको छ ।
नवनिर्मित भवनको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विकासराज खनालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विकासराज खनालले भौतिक पुर्वाधार बिना सुरक्षाको प्रत्याभुति दिलाउन कठिन रहने बताउँदै नवनिर्मित प्रहरी पोष्टले स्थानिय समाजको शान्ति सुरक्षामा अहम भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी नायव महानिरीक्षक खनालले प्रहरी र नागरिकको एक आपसमा सहकार्य र सहयोग सुरक्षित समाज निर्माणका लागी अपरिहार्य रहेको उल्लेख गर्नुभएको थियो ।
भवन निर्माण समितिका अध्यक्ष शिव बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.क., पोखरा महानगरपालिका-१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ, पोखरा-१४ का वडा अध्यक्ष बोधराज कार्की लगायतको विषेश उपस्थिती रहेको थियो ।
उक्त अस्थायी प्रहरी पोष्टको भवन पोखरा महानगरपालिका-१५ को वडा कार्यालय, स्थानिय आमा समूह, क्लव, संघसंस्था तथा व्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण गरिएको भवन निर्माण समितीका अध्यक्ष शिव बहादुर बानियाँले बताउनुभयो ।