पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाकाे स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालन हुदैछ ।
यसै सन्दर्भमा आज देखि प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको हो। वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिना का अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, कर्मचारी र महिला स्वास्थ स्वयंसेविकाहरु आरोग्य कार्यक्रमको लागि तथ्यांक संकलन र पुर्ण खोप अभियानका लागि खटिनुभएकाे छ।
यस कार्यक्रममा घरमै ब्लड प्रेसर, तौल , सुगर आदि परिक्षण गरिनुका साथै औषधि सेवन गरिरहेका व्यक्तिहरुले चिकित्सककाे सल्लाह बमोजिम औषधि सेवन गरे वा नगरेको जाँच गरि स्वास्थ्य परामर्श समेत गरिने छ। कार्यक्रममा ३ वटा क्लस्टर बनाएर स्वास्थ्यकर्मिहरु परिचालन गरिएको र सबै घरधुरीमा पुगि स्वास्थ सम्बन्धि सचेतना कार्यक्रम समेत संचालन गर्ने हेमजा स्वास्थ्य चाैकीका प्रमुख कुस्म राज सुबेदिले जानकारी दिए ।