हिमचुली मार्ग आमा समुह  पाेखरा -३० काे उद्घाेषण कला तालिम सम्पन्न

0
117

 

 

पाेखरा। हिमचुली मार्ग आमा समुह पाेखरा -३० काे आयोजनामा शनिबारदेखि सुरु भएको उद्घाेषण कला तालिम  समापन भएको छ।

तालिमको  समापन गर्दै पाेखरा -३० का    वडा सदस्य बिनाेद प्रसाद लामिछानेले वडाकाे समग्र विकासमा आमा समुहको महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।

वडाले भाैतिक विकासका साथै मानवीय बिकासका कार्यक्रमहरुलाई पनि प्राथमिकता राखेर काम गर्दै आएकाे उहाँको भनाइँ थियोे ।

महिलाको क्षमता अभिवृद्धिका लागि वडा कार्यलयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकाे जानकारी गराउदै वडाका विभिन्न समितिकाे नेतृत्व लिनका लागि महिला तयार गर्ने उदेश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

 

पाेखरा -३० का वडा सदस्य उमा परियारले महिलाको हक अधिकारकाे सहजिकरणका लागि आफू सधैं लागिपरेको बताउनुभयो ।

हिमचुली मार्ग आमा समुहका अध्यक्ष गाेमा अर्यालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी ध्रुव्रराज न्याैपाने,काशीनाथ ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे।

 

तालिमकाे प्रमुख प्रशिक्षकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी रहनुभएकाे  थियाे। उहाँले तालिमका सहभागीलाई सिकेको कुरा व्यवाहारमा उतार्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा प्रशिक्षार्थी कमला श्रेष्ठ ,आरती पन्थ,कल्पना अर्याल ,सृजना तिवारी ,पुर्णिामा अधिकारी र लक्ष्मी तिवारीले अनुभव मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रमकाे संचालन   हिमचुली मार्ग आमा समुहका सचिव लक्ष्मी शर्माले गर्नुभएको थियाे।

तालिममा हिमचुली मार्ग आमा समुहका ३० जनाकाे सहभागीता रहेको  थियाे।

तालिम पाेखरा महानगरपालिका वडा नम्बर ३०काे आर्थिक सहयोगमा संचालन भएको हाे।