पुतलीबजारमा उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण

0
101

पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संबिधानमा ब्यवस्था भएका महिलाका हक अधिकार प्राप्तिका लागि महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाले क्षमता बृद्धिसंगै कानूनका बारेमा साक्षर हुने अवसरको सही सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो । प्रशिक्षणलाई तालिममा मात्र सिमित नगरी ब्यवहारिक रुपमा कार्यान्वयन गर्न र अरुलाई पनि सिकाउनु पर्नेमा जोड दिनुभयो । उहाले महिला अधिकारको सही सदुपयोगगरी अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख देवी अर्याल, वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य बिष्णुकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं कानून बिभाग प्रमुख सरिता तिम्सिना पंगेनी, च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य निर्मला लम्साल, स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, नगर महिला संजालका अध्यक्ष सीता गोदार, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल लगायतले शुभकामना मन्तब्य सहित महिलाका लागि यस्ता कार्यक्रमको आवश्यकता र प्रभावकारिताका बारेमा जोड दिनुभएको थियो ।

वडा महिला संजालका अग्रज सदस्य जैसरा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसंयोजक यूमाया कुवरले स्वागत एवं संयोजक देवी पौडेलले संचालन गर्नुभएको थियो । तालिममा वडा नं. १ अन्र्तगतका २८ टोल विकास संस्थाका महिला प्रतिनिधिगरी ६० जनाको सहभागिता थियो ।