पहिरोले मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ सडक अबरुद्ध, रेष्टुरेन्ट पुरियो

२८ असार २०८१, बिहीबार

पर्वत ।      पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको छ । कुश्मा नगरपालिका वडा नम्बर २ स्थित नयाँ पुलमा गएको पहिरोले लोकमार्गको पर्वत खण्ड अबरुद्ध भएको हो ।हिजोदेखि परेको भिषण बर्षाका कारण पहिरो खसेको हो ।

पहिरो लाेकमार्गहुँदै कालीगण्डकी नदीसम्म पुगेको छ । उक्त पहिरो खुलाएर छिटोभन्दा छिटा सवारी सञ्चालन गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी उक्त पहिरोले कालीगण्डकी रिभर रेष्टुरेन्ट पुरिएको छ । कालीगण्डकी किनारमा रहेको उक्त रेष्टुरेन्ट पुरिएको हो । खुर्कोट क्षेत्रबाट आएको ठुलो भेलसंगै आएको लेदोले अहिले रेष्टुरेन्ट वरपरको क्षेत्र पुरिएको छ । अहिले पनि रेष्टुरेन्टमा लेदो आउनेक्रम जारी रहेको छ ।

होम पुनले सञ्चालन गरेको रेष्टुरेन्टले कालीगण्डकी नदीमा ¥याफ्टिङसमेत गराउँदै आएको छ । रेष्टुरेन्टमा भएका कोठा, टवाइलेट, काउन्टर, किचनसमेत पुरिएको लुक पुनले जानकारी दिए । अहिले मालढुङ्गा प्रहरी चौकीबाट प्रहरी टोली पुगेको पनि उनले बताए ।

Leave a Reply