बाढीले धौलागिरी क्रसर उद्योग र  आसपासका बस्ती उच्च  जोखिममा

२८ असार २०८१, बिहीबार

 

 

 

पर्वत।   हिजोदेखि परेको लगातारको बर्षाका कारण पर्वतकाे  दमुवाखोलामा भिषण बाढी आएको छ । दमुवाखोलामा आएको बाढीले    धौलागिरी क्रसर उद्योग र आसपासका बस्ती उच्च जोखिममा परेका छन् ।  दमुवा खोलाले दुवैतर्फ कटान तिव्र रुपमा गरिरहेको छ । लगातार कटान गर्दा आसपासको जमिन बगिरहेको छ । मध्यरातमा थाहा पाएर डोजर परिचालन गरेर नदी तर्काउने प्रयासले केही सुरक्षित भएपनि नजिकै रहेको धौलागिरी क्रसर उद्योग र आसपासका बस्तीसमेत उच्च जोखिममा परेका हुन ।

 

त्यसैगरी बाढीले सडक  कालोपत्रे गर्ने अस्पाल बगाएको छ । कुश्मा नगरपालिका र जलजला गाउँपालिकाबिचमा रहेको दमुवाखोलाले अस्पाल उद्योग बगाएको हो । कालीञ्जर मल्ल कन्ट्रक्सनले सञ्चालन गरिरहेको उक्त उद्योग गएरातीको भिषण बाढीले बगाएको हो ।  उद्योग बगाउँदा झण्डै दुई करोड क्षति भएको सञ्चालक यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । उद्योगमा रहेको दुई सय १७ ड्रम अलकत्रो, सात हजार लिटर डिजल र मट्टितेल पनि बाढीले बगाएको छ । अन्य थुप्रै सामान बगाएको पनि मल्लले बताए ।

मल्लले झण्डै तीन बर्षअघि पाँच करोड लगानीमा सडक कालोपत्रे गर्ने अस्पाल सञ्चालनमा ल्याएका थिए ।

 

Leave a Reply