कास्कीमा     पहिरोमा परी १० जनाकाे  मृत्यु

२९ असार २०८१, शुक्रबार

 

कास्की । अबिरल  बर्षाका कारण कास्कीमा  पहिरोमा परी १० जनाकाे मृत्यु भएको छ ।पहिरोमा परि पोखरा  १९ पुरुन्चौरका  तुल बहादुर परिवार  र उहाँका छोरी ज्वाई सहित    ७ जनाकाे मृत्यु भएको  छ भने  पोखरा ३२ चैनपुरमा   ३ जनाकाे मृत्यु भएकाे कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिनुभयाे।

उहाँका अनुसार  मादि गाउँपालिका ११ तल्लो ताप्लेमा पहिराेले पुरिएर एकजना  बेपत्ता  हुनुभएकाे छ ।    पहिराेमा पुरिएकाकाे     खोजी तथा उद्धार कार्य  भई रहेको  एसपी  शर्माले जानकारी दिनुभयाे।   घटनाका बिषयमा थप जानकारी केहि समयपिछ प्राप्त हुने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले बताउनु भयो ।

 

Leave a Reply