पोखरा । अविरल बर्षाका कारण गएराति पोखरा ३२ चौनपुरमा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । चैनपुरमा शिव ओझाको घरमा पहिरो जाँदा उनको छोरी अनिता ओझा र अनुस्का ओझाको मृत्यु भएको पोखरा ३२ का वडा सदस्य तिर्थ ओझाले जानकारी दिए ।
पोखरा ३२ चैनपुरकै प्रतिक सुबेदीको पनि पहिरोमा परेर मृत्यु भएको छ ।