सामाजिक कथामा आधारित सिनेमा ईश्वर साउन ११ गतेबाट रिलिज हुने

३२ असार २०८१, सोमबार

पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए ।
“ईश्वर समाजको कथा हो । समाजमा भएका वेथिति विरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ ।”, उनले भने । सिनेमाको कथा मन परेकाले लगानी गरेको भनाई उनको छ ।
सिनेमामा निर्माताको रुपमा निरन्तरता दिने प्रतिबद्धता समेत उनले गरेका छन् । सिनेमाले दर्शकको मन छुनेमा उनी आशावादी देखिन्छन् ।
माओत्से गुरुङले अन्याय र अत्याचारको विरुद्धमा लाग्ने प्रहरीको विषयमा सिनेमा माध्यम उल्लेख गरिएको बताए । सिनेमामा उनी भूपूूआर्मीको भूमिकामा देखिएका छन् ।
नायिका कृष्टी गुुरुङले ईश्वर आफ्ना लागि सिनेमा क्षेत्रमा कडीको रुपमा साबित हुने बताइन् । उनी आफ्नो भूमिकामा आशावादी छिन् ।
दिव्याकंगना फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाको पत्रकार सम्मेलन चपस कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सह—सचिव शंकर तिवारीले गरेका थिए ।

Leave a Reply