साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा सम्पन्न

२ श्रावण २०८१, बुधबार

कास्की ।  नेपालश्री पुरस्कार कोष पोखरा २५ हेमजाको आयोजनामा बुधबार हेमजामा साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का बिखर्चीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाेल्दै बिखर्चीले त्रिपाठी राष्ट्रवादी कवि,माटाे र प्रकृतिका उपासक एवम् वातावरणीय सवालहरुमा गम्भीर हुने चिन्तकका रुपमा रहेकाे बताए। उनले महाकाव्यकार त्रिपाठी लाई अन्तिम अवस्थामा भएपनि प्रज्ञाप्रतिष्ठानकाे तर्फबाट सम्मान अभिनन्दन गर्न पाएकाे स्मरण गरे।

नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठीका कृतिलाइ नेपालका  हरेक कुनामा  चर्चा परिचर्चा गर्नुपर्नेमा जाेड दिइन।

पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठी जन्मिएको वडाकाे बासिन्दा हुनपाएकाे र साेही वडाकाे वडा सदस्य हुन पाएकाेमा हर्ष प्रकट गरे।

अधिवक्ता रामचन्द्र त्रिपाठीले शास्त्रीजीकाे नेपाली साहित्य प्रतिकाे याेगदान बारेदेश विदेशमा समेत चर्चा परिचर्चा हुनुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा न. २५ का निवर्तमान अध्यक्ष शोभाकर तिमिल्सिनाले महाकाव्यकार त्रिपाठी शैक्षिक ,साहित्यिक र आध्यात्मिक क्षेत्रका त्रिवेणी भएको बताए ।

यसैगरी उक्त कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठान नेपालका उपाध्यक्ष सुनिल गाक, तिब्रेकोट मणि बिकास समितिका उपाध्यक्ष कृष्णबहादुर कुँवर क्षेत्री,  र समाजसेवी माधवशरण बाँस्तोला लगायतले स्व जनार्दनशरण त्रिपाठीको याेगदान कृतित्व र व्यक्तित्व बारे परिचर्चा गरे । कार्यक्रममा सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष माधव खतिवडा, कवि शिव त्रिपाठी, बसन्त चालिसे र गौमती त्रिपाठी लगायतले रचना वाचन गरेका थिए ।

सो अवसरमा नेपालश्री पुरस्कार काेषका अध्यक्ष अरुणाेस्तम त्रिपाठीले साहित्यकार जनार्दनशरण त्रिपाठीको जन्मजयन्तीका सन्दर्भमा तिब्रेकोट मणि बिकास समितिलाई १ लाख ५ सय रकम हस्तान्तरण गरेका थिए । महाकाव्यकार तथा साहित्यकार जनार्दनशरण त्रिपाठीकाे स्मृतिमा आयाेजित उक्त कार्यक्रम उहाँ लगायत सम्पूर्ण कीर्तिशेष साहित्यकारहरुकाे सम्झनामा एक मिनेट माैन धारण गरिएको उक्त कार्यक्रम नेपालश्री पुरस्कार कोषका अध्यक्ष अरुणस्तोम त्रिपाठीको अध्यक्षतामा सम्पन्न भयाे।

कार्यक्रममा स्वागत उपाध्यक्ष डा बाबुराम अधिकारीले र सञ्चालन महासचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।

Leave a Reply