पाेखरा । पाेखराकाे हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना व्यक्तिकाे ज्यान गएकाे छ । शुक्रबार दिँउसाे ३ः४० बजेकाे समयमा पौडी खेल्ने क्रममा डुबेर पोखरा १ मोहरिया टोल बस्ने वर्ष १८ का प्रकृत बुद्धचार्य र पोखरा २ बाग्लुङ बसपार्क बस्ने वर्ष १८ का स्वयम ताम्राकार रहेको सशस्त्र प्रहरी बल कालिका गण कास्कीका गणपति एसपी अरुण शर्माले पाेखरा पाेष्टलाइ जानकारी दिए।
पाैडी खेल्नेक्रममा डुबेका उनीहरूलाइ शुक्रबार दिँउसाे ४ः३० बजे सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको १ सेक्सन विशेष विपद् व्यवस्थापन तथा गोताखोर टोलीले निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको एसपी अरुण शर्माले बताए ।