पोखरा । ४२ औं बिपी स्मृति दिवसका अवसरमा बिपी स्मृति पुुस्तकालय, गण्डकी प्रदेशले आज पोखरामा “नेपाल, बिपी कोइराला, बर्तमान राजनीति र पठन संस्कृति” विषयक गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा वक्ताहरूले युुगजयी विचारका माध्यमबाट बिपी कोइरालाले पुु¥याउनुुभएको योगदान अतुलनीय भएको बताउँदै उहाँका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउनुुभयो ।
गण्डकी प्रदेशका मुख्य मन्त्री सुुरेन्द्रराज पाण्डेले तत्कालीन समय चेतना र बर्तमानको समय चेतनामा धेरै भिन्नता भएका अवस्थामा पनि बिपीले सार्नुुभएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक भएको धारणा राख्नुुभयो । दूर दृष्टि भएका राजनेताका रुपमा बिपी कोइरालाको छवि राष्ट्रिय एवम् अन्तराष्ट्रिय रुपमा ठूलो उचाई प्राप्त गरेको उहाँले बताउनुुभयो । राजनीतिक अस्थिरताका कारण मुलुकलाई गन्तव्यमा पुु¥याउन असहज हुने गरेको बताउँदै उहाँले समृद्धि र विकासका लागि राजनीतिक स्थिरता पहिलो सर्त भएको बताउनुुभयो । हाम्रो पठन संस्कृति हराउँदै गएको बताउँदै मुख्यमन्त्री पाण्डेले यसलाई व्यवहारमा उतार्न आवश्यक भएको बताउनुुभयो ।
जनतासँग प्रत्यक्ष सम्बाद हुन नसक्दा काँग्रेस कमजोर बनेको बताउँदै हामी आफ्नै इतिहासको अध्ययन नसकेको उल्लेख गर्नुुभयो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बिपीका समयमा भारत, चिन जस्ता देशहरूले नेपाललाई हेर्ने दृष्टिकोण उच्चस्तरको भएको बताउँदै बर्तमानमा दृष्टिकोण फेरिदा हेपिए जस्तो बनेको बताउनुुभयो । प्रजातन्त्रको बिकल्प प्रजातन्त्र बिना अरु हुन नसक्ने बताउँदै उहाँले बिपीले सारेको आदर्श तथा सिद्धान्तबाट विचलित हुनु नहुनेमा जोड दिनुुभयो । बरिष्ठ अधिवक्ता तीलक पराजुुलीले बिपी कोइराला काँग्रेसका मात्र नभै सबैको गुुरु भएको उल्लेख गर्नुुभयो । प्रजातन्त्रका लागि बिपी कोइरालाले गरेको योगदान अतुलनीय भएको उहाँले बताउनुुभयो । हामीमा पठन संस्कृतिको अभाव भएको बताउँदै उहाँले बिपीबाट पठन संस्कृति सिक्नुुपर्नेमा जोड दिनुुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बिपी कोइराला बहु आयामिक व्यक्तित्व भएको चर्चा गर्नुुभयो । बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला(मधु) को सभापतित्वमा एवम् सदस्य दीपेन्द्र पराजुुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री यज्ञबहादुुर थापा, नेपाली काँग्रेस गण्डकी प्रदेशका सह महामन्त्री कोपिला रानाभाट, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, प्रा.डा.कुसुमाकर पराजुुली, शिव त्रिपाठी लगायतले बिपी कोइरालाको योगदान, विद्यमान पठन संस्कृति लगायतका विषयमा बोल्नुुभएको पुस्तकालयका कोषाध्यक्ष एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभिागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुुभयो ।