पोखरा आदर्श सेकेन्डरी स्कुलमा अभिमुखीकरण कार्यक्रम

१० श्रावण २०८१, बिहीबार

पाेखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संचालक तथा प्राध्यापक  शिव  त्रिपाठीले  विद्यार्थीलाई समयको महत्त्व बुझेर एउटा असल नागरिक बन्नुपर्ने बताए  ।

कार्यक्रममा  सहजकर्ता  भक्तराज रसाइलीले विद्यार्थीहरुले सफल जीवन कसरी जिउने? आफ्नो लक्ष्य प्राप्तिमा कसरी पुग्ने ?  भन्ने सवालमा  सहजीकरण गरेका थिए ।

कार्यक्रममा गुरुङ चलचित्रका महानायक एवम् नृत्य प्रशिक्षक  तारा बहादुर गुरुङले देशभक्तिपूर्ण भावनाले भरिएको  गीतमा आफ्नो कुशल नृत्य प्रदर्शन गर्दै भरपुर मनोरञ्जन प्रदान गराए।

विद्यालयका प्राचार्य  फणिन्द्र प्रसाद अधिकारीले विद्यालयको समग्र शैक्षिक अवस्थाका बारेमा सारगर्भित धारणा व्यक्त गरे।

फिस्टेल माउन्टेन कलेजका बजार व्यवस्थापक  राजु लामिछानेले होटेल व्यवस्थापनसम्बन्धी परामर्श गराएका थिए।

राष्ट्रिय लोक तथा  दोहोरी गीत प्रतिष्ठान नेपाल , गण्डकी प्रदेशका सचिब लोकदोहोरी कलाकार  रामजी पौडेलले उपस्थित सम्पूर्णलाई गीत गाएरै  छमछम नचाए।

कार्यक्रममा विद्यालयका कोर्डिनेटर  बलराम सुवेदीले विद्यार्थीहरुले विद्यालयभित्र पालना गर्नु पर्ने नीति नियमका सन्दर्भमा  प्रकाश पार्दै विद्यार्थीहरुको  आचार सहिताका बारेमा प्रष्ट पारे।

कार्यक्रममा  नेपाली भाषा शिक्षक  ज्योति चालिसेले स्वागत मन्तव्य राखेकी थिइन् भने कक्षा १२ का विद्यार्थीद्वय ऋचा अधिकारी र प्रदीप सुनारले कक्षा ११ का विद्यार्थीहरुलाई  शुभकामना दिए ।

कार्यक्रममा कक्षा ११ का छात्राद्वय सजिना गुरुङ र मुना गुरुङले सामुहिक नृत्य प्रस्तुत गरे।

माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख एवम् विद्यालयका संचालक  नारायण न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन विद्यालयका सह प्राचार्य  ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

कार्यक्रममा बिज्ञान , व्यवस्थापन तथा होटेल व्यवस्थापनका विद्यार्थीलाई अभिमुखीकरण गरिएको थियो।

Leave a Reply