पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध गराउनु पर्नेमा जाेड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्लेकीले आइतबारबाट स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवम् स्वास्थ्य सहायता केन्द्रको स्थापना कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुुन् ।
ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुनु पर्ने उनकाे भनाइ छ। गण्डकीको स्वास्थ्य मन्त्रालयले स्टाफ नर्स, बेड र निशुल्क औषधि उपलब्ध गराएको जानकारी दिदै मन्त्री थापाले ज्येष्ठ नागरिकको सेवामा समर्पित हुनु सरकारको कर्तव्य भएको भनाई बताए ।ज्येष्ठ नागरिक मैत्री कानून निर्माणमा प्रदेश सरकार सचेत भएको उनले भनाइ छ ।
कार्यक्रममा बाेल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कार्यालयमा ज्येष्ठ नागरिकको भीड देखेर उनीहरुको स्वास्थ्य सुरक्षाका लागि सहायता केन्द्रको स्थापना गरिएको बताए ।
राष्ट्रिय परिचयपत्र लिन आएका ज्येष्ठ नागरिकको भीड हुन थालेपछि कार्यालयले विश्राम कक्षको व्यवस्था गरेको उनले बताए । प्रशासन कार्यालयले सेवाग्राहीलाई विश्राम कक्षमा नै पुगेर सेवा प्रवाह गर्ने गरी काम गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेकाे भनाइ छ । ज्येष्ठ नागरिकहरुलाई लाइन लााग्ने वातावरण नबनाउन तर्फ जिल्ला प्रशासन कार्यालय कास्की सचेत रहेकाे उनको भनाई छ ।