पाेखरा।कास्कीमा बढ्दो डेंगी संक्रमण नियन्त्रणका लागि जिल्ला बिपद व्यवस्थापन समितिसंग छलफल गरिएको छ।साेमबार जिल्ला प्रशासन कार्यलय कास्कीमा भएको छलफल कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले स्थानीय तहका जनप्रतिनिधि र सामाजिक संघ संस्थाकाे सहकार्यमा डेंगी नियन्त्रण गर्न सकिने बताउनुभयो ।
पछिल्लो समय कास्कीमा डेंगीले महामारीको रुप लिदै गएको अबस्थामा यसको नियन्त्रणका लागि साेमबार बसेकाे बैठकले गरेका निर्णय यस्ता छन् :
१. जिल्लास्थित स्थानीय तहहरुका सबै वडाध्यक्षहरुको संयोजकत्व तथा समन्वयमा सम्भावित डंगी रोगको संक्रमण नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर्न स्वास्थ्यकर्मी, आमा समुह, महिला स्वास्थ्य स्वंयसेवीका, क्लब, टोल बिकास सस्था, नागरिक समाज, निजी क्षेत्र, पर्यटन व्यवसायी, जिल्लास्थित सबै सुरक्षा निकायहरु र अन्य सरोकारवालाहरुको सहभागितामा संलग्न बिवरण अनुसार बिहान ७ बजेदेखी ९ बजेसम्म सबै टोलहरुमा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट अभियान संचालन गर्ने । सोको अनुगमन जिल्ला विपद् व्यवस्थापन समिति र पोखरा महानगरपालिकाले गर्ने ।
२. सबै स्थानीय तहहरुले स्थानीय आम संचार माध्यम तथा सामाजिक संजाल मार्फत डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागी सार्वजनिक अपील गर्ने, नियन्त्रणका उपायहरुका बारेमा पत्रकार महासंघ कास्की मार्फत सबै सञ्चार माध्यमहरुलाई परिचालन गरी व्यापक प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने ।
३. डेंगी रोग संक्रमणको सम्भावित जोखिम स्थलहरु जस्तै: बिद्यालयहरु, सरकारी तथा सार्वजनिक कार्यालयहरु, संघ संस्थाहरु, ग्यारेज/ वर्कसप, कबाडी व्यवसाय, निर्माणधिन भवनहरु, औधोगिक क्षेत्र भित्रका प्रतिष्ठानहरु, सुकुम्बासी बस्तीहरुमा सम्बन्धित पक्षले सरसफाइ तथा लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्ने । उक्त गतिबिधीहरुको अनुगमन स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालय, कास्कीले गर्ने। ४. सबै सरकारी तथा निजी अस्पतालहरु, पोली– क्लिनिक, लगायतका स्वास्थ्य संस्थाहरु मार्फत लक्षण भएका बिरामीको निदान, उपचार गर्ने व्यवस्थापन गरी सोको तत्काल स्वास्थ्य कार्यालय कास्कीमा प्रतिवेदन गर्ने । ५. सबै स्थानीय तहहरुले सबै स्वास्थ्य संस्था / स्वास्थ्यकर्मी मार्फत कक्षा ८, ९, १० तथा उच्च मा.बि. हरुमा डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागी बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा विद्यालयहरुमा पर्चा पम्पलेट वितरण कार्यक्रम सन्चालन गर्ने । उक्त कार्यक्रममा सहजीकरण शिक्षा विकास तथा समन्वय इकाई कास्कीले र पर्चा पम्पलेट को व्यवस्थापन प्यावसन (PABSON) र हिसान (HISAN) ले मिलाउने ।
६. डेगी रोग रोकथाम तथा नियन्त्रण निर्देशक समिति गण्डकी प्रदेशले तोकिएको दररेट रु.६००।०० (अक्षेरुपी छ सय मात्र) मा परिक्षण गर्ने, तोकिएको रकम भन्दा बढी लिए / नलिएको अनुगमन जनस्वास्थ्य प्रयोगशाला पोखराले गर्ने ।
७. राजनैतिक दलहरुले आफ्ना सदस्यहरु र भातृ संगठनहरुलाई डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेकका लार्भा खोज र नष्ट अभियानमा परिचालन गर्ने ।
गर्ने ।
८.कास्की जिल्लास्थित अस्पतालहरुमा विरामीहरुका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिन पर्याप्त भण्डारण र नियमित रगत संकलन कार्यलाई नेपाल रेडक्रस सोसाइटी पोखरा शाखाको नेतृत्वमा व्यवस्थित गर्ने ।
एक महिना अघि कास्कीमा करिब सात सय जनामा डेंगु संक्रमण देखिएकोमा असोजको पहिलो साता त्यो संख्या बढेर करिब ४ हजार ५ सय ४७ पुगेको छ भने चार जनाको दुखद निधन समेत भैसकेको छ।