दसैँको टीकाको दिन   पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने

0
7

 

पाेखरा ।  दसैँको टीकाको दिन (शनिबार)  पोखरा महानगरपालिकाका मुख्य रुटहरूमा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका, स्थानीय प्रशासन र यातायात व्यवसायीहरूको सहकार्यमा महानगर क्षेत्रका विभिन्न ८ वटा रुटहरूमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको   बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयाे ।

जिल्ला प्रशासन कार्यालयले पहिलो पटक पोखरामा धेरै रुटमा समेटेर विभिन्न बस कम्पनीहरुको सहकार्यमा निःशुल्क बस सेवा संचालन गर्ने तयारी गरेको हाे ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले  सर्वसाधारणको सुविधालाइ   मध्यनजर गरी पोखरामा पहिलो पटक दशैं टिकाको दिनमा निःशुल्क बस सेवा संचालनकाे तयारी गरेकाे    बताउनुभयो ।

दशैको दिन बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क, फेदी–हेमजा–हरिचोक–पृथ्वीचोक,लामाचौर–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–चिप्लेढुङ्गा–सृजनाचोक–बिरौटा–छोरेपाटन, महेन्द्रगुफा–बगर–महेन्द्रपूल–पृथ्वीचोक–बिरौटा–सहिदचोक–लेकसाइड, राजाकोचौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक–बाग्लुङ् बसपार्क,् काँहुखोला–महेन्द्रपूल–पृथ्वीचोक–जिरो कि.मी–हल्लनचोक, वेगनासताला–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गा–बाग्लुङ् बसपार्क रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा   जानकारी दिइयाे ।

पोखरा यातायात प्रा.ली, स्थानीय यातायात प्रा.ली, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, वेगनासताल पोखरा यातायात प्रा.लिले तोकिएका रुटहरूमा निःशुल्क सेवा प्रदान गर्नेछन् ।

 

पृथ्वी राजमार्ग बस संचालक कम्पनीले हेमजा–पोखरा रुटअन्तर्गत फेदी–हेमजा–हरिचोक–पृथ्वीचोकसम ३ वटा बस संचालन हुने भएका छन्। स्थानीय यातायात कम्पनीले तनहुँ र कास्कीको सिमाना कोत्रेदेखि पोखरासम्म २ वटा चलाउने छ । ती गाडी कोत्रेदेखि पृथ्वीचोक–चिप्लेढुंगा हुँदै विन्ध्यवासिनी बसपार्क रुटमा चल्ने छन् ।

यस्तै, पोखरा यातायातका ९ गाडीले विशेषगरी पोखराका मुख्य क्षेत्रमा सुविधा दिने छन् । तीमध्ये ३ गाडी लामाचौर–बगर–महेन्द्रपुल–बिरौटा–छोरेपाटन, ३ गाडी महेन्द्रगुफा–महेन्द्रगुफा–चिप्लेढुंगा–लेकसाइड र ३ गाडी काहुँखोला–पृथ्वीचोक–हल्लनचोक रुटमा चल्ने छन् ।

वेगनास पोखराका ४ मध्ये २ गाडी वेगनास ताल–तालचोक–पृथ्वीचोक हुँदै विन्ध्यवासिनी बसपार्क र २ गाडी राजाको चौतारा–सातमुहाने–खुँदै हुँदै विन्ध्यवासिनी बसपार्क रुटमा चल्ने छन् ।

प्रशासन कार्यालयले चाडपर्वको समयलाई मर्यादित बनाउन विभिन्न कार्यक्रममा तालिमप्राप्त कुकुरसहित चेकिङ, बजार अनुगमनमा तीव्र, सवारी चेकजाँच, हेल्प डेस्कसमेत स्थापना गरेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा  सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अध्यक्ष केदार पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल,  लगायतले बोल्नु भएको थियो ।