गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको निधन

0
17

पोखरा ।  गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको गएराती निधन   भएको छ ।    काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले बताए।

उनी नेपाली काँग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी  थिइन ।

राजनीति र होटल पर्यटन ब्यवासायमा सक्रिय बिमला गौचनले नेपाल महिला संघको म्याग्दी जिल्ला अध्यक्ष, नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत भएर काम गरेकी थिईन ।उनि नेपाली काँग्रेसको गण्डकी प्रदेश समितिको सदस्य समेत रहेकी  थिईन ।

 

राजनीति होटल पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय रहेकी बिमलाका एक छोरा अमेरिका रहेको र उनी नेपाल आएपछि मात्र म्याग्दीमा नै अन्त्येष्टि गरिने पारिवारिक श्राेतले स्रोतले जानकारी दिएको छ ।