महिलाहरूका लागि न्यायमा पहुँच विषयक अनुशिक्षण कार्यक्रम

0
20

 

पाेखरा ।वमन फन्ड एसियाकाे सहयाेग एवम् पाेखरा महानगरपालिका वडा नम्वर १४ काे समन्वय तथा नेपाल वार एशाेसियसनका केन्द्रीय सदस्य अधिवक्ता विनिता नेपालीकाे आयोजनामा महिलाहरूका लागि  न्यायमा पहुँच  विषयक एक दिने अनुशिक्षण कार्यक्रम शनिबार पाेखरामा सम्पन्न भएकाे छ।

 

कार्यक्रमकाे उद्घाटन गर्दै   पाेखरा महानगरपालिका वडा नम्वर १४ का वडाअध्यक्ष बाेध बहादुर कार्कीले   सबैकाे न्यायमा पहुँचका लागि राज्यले गरेको  कानुनी व्यवस्थाकाे व्यवहारिक कार्यन्वयनका लागि सबै  नागरिक सचेत हुनुपर्नेमा जाेड दिनुभयो ।

संबिधानले माैलिक हकका रुपमा व्यवस्था गरेको लैङ्गीक भेदभाव विनाकाे समान बंशीय हक ,सुरक्षित मातृत्व र प्रजनन स्वास्थ सम्वन्धि हक लगायत राज्यका सबै निकायमा समानुपातिक समाबेशी सिद्धान्तकाे आधारमा सहभागी हुने हकलाई व्यवहारिक कार्यन्वयनका लागि सबै महिलाहरु सचेत हुनुपर्ने उहाँको भनाइ थियाे।   उहाँले महिला सशक्तीकरणका लागि  वडा कार्यलयले  महिला लक्षित कार्यक्रमहरु स‍ञ्चालन गरिरहेकाे बताउनुभयाे ।

कार्यक्रमकाे  उदेश्य माथि प्रकाश पार्दै  नेपाल वार एशाेसियसनका केन्द्रीय सदस्य अधिवक्ता विनिता नेपालीले   न्यायलयमा अझै पनि महिलाकाे राज्यले व्यवस्था गरेका न्यायिक सुविधाकाे  सहज पहुँच पुग्न नसकेकोले वास्तविक पीडितहरु, महिला र युवतीकाे  न्यायमा सहज पहुँच पुर्याउने उदेश्यले कार्यक्रमकाे आयोजना गरिएको बताउनुभयो ।

महिला लक्षित कार्यक्रमहरु धेरै हुदै आएता पनि लक्षित वर्ग,समुदाय र पिडितमुखी हुन नसकेको  बताउर्दै  उहाँले न्यायलय न्याय प्रदान गर्ने एक मात्र निकाय रहेकोमा स्वतन्त्र र निष्पक्ष  न्याय सम्पादन गर्नुपर्नेमा जाेड दिनुभयो ।

कार्यक्रममा पाेखरा महानगरपालिका वडा नम्वर १४ का वडा सदस्य तनुजा थापा सिके गाेपाल     साप्काेटा कृष्ण हरी काफ्ले ,पाईला आमा  समुहका अध्यक्ष कल्पना कार्कीले मन्तव्य ब्यक्त गर्नुभएको थियाेे।

कार्यक्रमलाई  अधिवक्ता भुवन पराजुली र नेपाल पत्रकार महासंघ कानुन बिभाग प्रमुख अधिवक्ता सरिता तिम्सिना पगेनीले सहजिकरण गर्नुभएको थियाे।

कार्यक्रमका सहभागी कल्पना कार्कीले  पहिलोपटक न्यायमा पहुँच सम्वन्धि कार्यक्रममा सहभागी भएको र कानुन सम्वन्धि धेरै कुराहरू सिक्ने अवसर मिलेको अनुभव सुनाउनुभएको थियाे।

कार्यक्रममा  बिभिन्न महिला समुहका  सदस्यहरुकाे  सहभागीता रहेको थियाे।