कास्की ।कास्कीको रुपागाउँपालिका वडा नम्बर ७ मा रहेको रामकाेट माविमा लैंगिक हिंसा सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
लैंगिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे अवसरमा बिद्यालय सचेतना कार्यक्रम अन्तर्गत रुपा गाउँपालिकाले कार्यक्रमकाे आयोजना गरेको हाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै रुपा गाउँपालिका कास्कीका उपाध्यक्ष लालसुब्बा गुरुङले लैंगिक हिंसाका विषयमा बिद्यार्थीहरुले परिवार र समुदाय सम्म सचेतना फैलाउन महत्त्वपूर्ण भुमिका खेल्न सक्ने बताउनुभयाे।
रुपा गाउँपालिकालाई लैंगिक समतामूलक गाउँपालिका बनाउन सबै सराेकारवालाहरु जिम्मेवार बन्नुपर्नेमा उहाँले जाेड दिनुभयो ।
अघिल्ला बर्षहरुमा महिला समुहलाई लक्षित गरी कार्यक्रम गरिएकोमा यस बर्ष बिद्यालयका शिक्षक,अभिभावक र बिद्यार्थीलाई सहभागी गराइएको उहाँले जानकारी गराउनुभयाे ।
रामकाेट माविका शिक्षक अभिभावक संघका अध्यक्ष हुकुम बहादुर बिककाे अध्यक्षतामा भएको कार्यक्रमलाइ रुपा गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक तथा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बृहस्पति अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियाे।
कार्यक्रममा रामकाेट माविका बिद्यार्थी ,शिक्षकहरुकाे सहभागीता रहेको थियाे।