कास्की ।रुपा गाउँपालिकाभित्रका साहित्य, कला तथा संगितमा लागेका व्यक्तिहरुको भेलाले रुपा वाङ्मय प्रतिष्ठान गठन गर्ने उद्देश्यका साथ आदर्श पोखरेलको संयोजकत्वमा रुपा वाङ्मय प्रतिष्ठान तदर्थ समिति गठन गरेको छ । २१ सदस्यीय उक्त समितिमा सह संयोजक मदन मल्ल ठकुरी तथा सचिवमा मदन घिमिरे चयन भएका छन् ।
रुपा गाउँपालिका स्थायी ठेगाना भई विभिन्न भूभागमा बसोबास गर्ने कला साहित्य तथा संगित प्रेमीहरुलाई साहित्यिक सञ्जालमा आवद्द गरी संस्थागत गर्ने उद्देश्यले ‘रुपा वाङ्मय प्रतिष्ठान’ स्थापना गरिएकाे हाे ।
रुपा गाउँपालिका भित्र रहेका कला, साहित्य, संगित तथा वाङ्मय क्षेत्रमा रहेका मानिसहरुलाई एउटै सस्थामा आवद्ध गराउने, रुपा गाउँपालिकाभित्र विद्यालय तहदेखि नै साहित्य, संगित तथा कला सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र रूपा गाउँपालिका भित्र साहित्य कला तथा संस्कृतिको संरक्षण र संवर्धनमा सहयोग गर्ने उद्देश्यले यो संस्था गठन गर्न लागिएको संस्थाका तदर्थ समिति संयोजक आदर्श पोखरेलले जानकारी दिए ।
Enter