सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य हुनुपर्नेमा जाेड

0
29

 

पाेखरा । पाेखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका वडा अध्यक्ष तथा पाेखरा महानगरका प्रवक्ता माेतिलाल तिमिल्सिनाले  सभ्य समाज निर्माणका लागि लैंगिक हिंसाको अन्त्य हुनुपर्नेमा जाेड दिनुभएको छ।साेमबार पाेखरा महानगरपालिका  वडा नम्बर २५  हेमजाकाे आयोजना तथा पाेखरा महानगरपालिकाकाे आर्थिक सहयोगमा आयोजित लैंगिक हिंसा बिरुद्ध महिला पुरुषको ऐक्यबद्धता कार्यक्रममा बाेल्दै उहाँले सभ्य समाज निर्माणका लागि ल‌ैंगिक हिंसाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अधिबक्ता सरिता तिम्सिना पगेनी  वडा प्रहरी कार्यलय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई र काेपिला नेपालका विना सिलुवालले लैंगिक हिंसा ,घरेलुु हिंसा ,करणी सम्बन्धी कसुर,बाल बिबाह ,बहु बिबाह,महिला अधिकार लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियाे।  सहजिकरण गर्नुभएको थियाे।